कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

संसदीय सुनुवाइ सम्बन्धी पुस्तिका तयार पारिँदै

काठमाडौँ — संसदीय सुनुवाइ समितिले संसदीय सुनुवाइ सम्बन्धी पुस्तिका नै प्रकाशित गर्ने भएको छ ।

संसदीय सुनुवाइ सम्बन्धी पुस्तिका तयार पारिँदै

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाइ सम्बन्धी व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरूको सुनुवाइ सम्बन्धी विवरण पुस्तिका तयार पार्न मातहतको सचिवालयलाई निर्देशन दिएको हो ।

समितिको काम प्रभावकारी बनाउने गरी त्यससम्बन्धी विगतका कामको विवरणसहितको पुस्तिका तयार गर्न सचिवालयलाई निर्देशन दिइएको सभापति लक्ष्मण लाल कर्णले जानकारी दिए ।

‘नेपालको संसद्‍मा संसदीय सुनुवाइको अवधारणा प्रारम्भ भएदेखि हालसम्मको संसदीय सुनुवाइ सम्बन्धी भएका व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरूको सुनुवाइ सम्बन्धी विवरण पुस्तिका तयार पार्न र समितिमा पेस गर्न सचिवलाई निर्देशन दिने निर्णय गरिएको छ,’ समितिका सभापति कर्णले बताए ।

सभापति कर्णले संसदीय सुनुवाइ समितिको काम प्रभावकारी बनाउन संघीय संसद्‍ ऐन नै परिमार्जन गरेर अघि बढनुपर्ने पनि बताए । संसदीय सुनुवाइ समितिको कामबारे विभिन्न ठाउँमा प्रश्न उठने गरेकाले पनि यसको प्रभावकारिताका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : माघ १४, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?