कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनमत पार्टीका कार्यकर्ताद्वारा प्रदेश सांसदको गाडी तोडफोड

सन्तोष सिंह

धनुषा — मधेस प्रदेशका प्रदेश सांसद अशोक यादव सवार गाडीमा जनमतका कार्यकर्ताले तोडफोड गरेका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जाँदै गरेका यादवको गाडीमा जानकी मन्दिर अगाडि तोडफोड भएको हो । सांसद यादवको हातमा समेत चोट लागेको छ ।

जनमत पार्टीका कार्यकर्ताद्वारा प्रदेश सांसदको गाडी तोडफोड

यादव प्रदेश मामिला संसदीय समितका सभापति हुन् । प्रदेश सभाले उपलब्ध गराएको गाडीमा तोडफोड भएको हो ।

यसअघि जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । राष्ट्रिय सभाको मधेस प्रदेशको मतदानस्थलनजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानतर्फ जनमत पार्टीका कार्यकर्ताहरु बाँसको भाटा लिएर जान खोज्दा झडप भएको हो ।

प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीडलाई तितरबितर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले बताए । प्रदर्शनकारीहरूको संख्या बढ्दै गएपछि जनकपुरमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

त्यस्तै जनमतका कार्यकर्ताले हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं सवार गाडीमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले २ गाडीमा जनमतका कार्यकर्ताले तोडफोड गरेको बताए । तोडफोडमा संलग्नलाई पक्राउ गरिएको उनले बताए ।

प्रकाशित : माघ १२, २०७८ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?