कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा २४ घण्टामा १२ हजार ८ जनामा कोरोना पुष्टि, ३ हजार ४० निको, ८ जनाको मृत्यु

काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा मंगलबार थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर विधिबाट गरिएको २५ हजार ९०९ परीक्षणमा देशभर १२ हजार ८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा २४ घण्टामा १२ हजार ८ जनामा कोरोना पुष्टि, ३ हजार ४० निको, ८ जनाको मृत्यु

१८ हजार १०३ पीसीआर परीक्षणमा ९ हजार ४३२ र ७ हजार ८०६ एन्टिजेन जाँच गर्दा २ हजार ५७६ जना संक्रमित फेला परेका हुन् ।

२४ घण्टाको अवधिमा ३ हजार ४० जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ । २४ घण्टामा २ लाख ३९ हजार ८५१ जनाले खोप लगाएका छन् ।


प्रकाशित : माघ ११, २०७८ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?