कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेसिया र खाडी राष्ट्रको भ्रमणमा जान सरकारले रोक लगायो

काठमाडौँ — सरकारले कोरोना संक्रमणको जोखिमका कारण मलेसियासहित खाडी मुलुकमा भिजिट भिसामार्फत् जान रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार यस्तो सूचना जारी गरेको हो ।

मलेसिया र खाडी राष्ट्रको भ्रमणमा जान सरकारले रोक लगायो

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्र मणि पोखरेलका अनुसार अर्को सूचना जारी नभएसम्म माघ १० गतेदेखि अब भिजिट भिसामा नेपालीहरू मलेसिया र अन्य खाडी राष्ट्रमा जान पाउने छैनन् ।

'विभिन्न उद्देश्यले खाडी राष्ट्रहरू र मलेसिया गई बिचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचना प्राप्त भएकोले २०७८ माघ १० गतेदेखि लागु हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि त्यस्ता राष्ट्रहरूको भिजिट भिसामा भ्रमण गर्न जान रोक लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,' गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोनाको नयाँ भेरिएन्ट स्वदेश र विदेशमा पछिल्लो समय तीव्र रुपमा फैलिएसँगै सरकारले जोखिम नियन्त्रणका लागि यस्तो सूचना जारी गरेको जनाएको छ । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने नेपाली कामदारहरूलाई भने सरकारले रोक लगाएको छैन ।

प्रकाशित : माघ ७, २०७८ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?