कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजिटिभ रिपोर्ट आएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

तिमिल्सिनाको सचिवालयका अनुसार कोरोनाको लक्षण देखिएपछि तीन दिनयता उनी घरमै आराम गरेर बसिरहेका थिए । हाल उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ । मंगलबार तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्यबारे जानकारी दिएका हुन् ।

साथै बालुवाटारस्थित सरकारी निवासमै स्वास्थ्यलाभ लिइरहेका छन् । अध्यक्ष तिमिल्सिनाले यसबीचमा आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई स्वास्थ्य सतर्कता अपनाउन र लक्षण देखिए कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् । उनी स्वास्थ्यकर्मीहरूको सल्लाह बमोजिम केही दिन अघिदेखि नै होम आइसोलेसनमा थिए ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित थुप्रै नेताहरूलाई कोरोना संक्रमण भएको थियो ।

प्रकाशित : माघ ४, २०७८ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×