देउवा-दाहाल भेटवार्ता
काठमाडौँ — कोरोना संक्रमणबाट मुक्त भएलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सोमबार देउवा र दाहालबीच भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय सभा र स्थानीय निर्वाचन तथा कोरोना महामारी नियन्त्रणका विषयमा छलफल भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
देउवा–दाहाल भेटवार्तापछि देउवाले पाँचदलीय उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आह्वान गरेका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल संयोजकत्वको सो समितिको बैठक मंगलबार बस्ने बताइएको छ । प्रधानमन्त्री देउवालाई भेट्न नेता दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
प्रकाशित : माघ ३, २०७८ १५:२५प्रतिक्रिया