कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री कार्यालयका ३ सचिवसहित ४० कर्मचारीमा कोरोना

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ३ सचिवसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनमा २ सय जना कर्मचारीको पीसीआर परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका ३ सचिवसहित ४० कर्मचारीमा कोरोना

आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिव शिशिरकुमार ढुंगाना, सीसीएमसीसीका प्रमुख रहेका प्रादेशिक समन्वय र सामाजिक विकास हेर्ने सचिवहरु रामप्रसाद थपलिया र कृष्णबहादुर रावतसहित ४० जना कर्मचारीमा कोरोना पुष्टि भएको कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव महादेव पन्थले जानकारी दिए ।

कार्यालका सचिव थपलिया र ढुंगानालाई भने केही दिनअघि नै संक्रमण पुष्टि भएको थियो । उनीहरु दुवै जना संक्रमणमुक्त भइनसकेको कार्यालयले जनाएको छ ।

प्रवक्ता पन्थका अनुसार प्रधानमन्त्री तथा मन्त्रपरिषद् कार्यालयका २ सचिवमा कोरोना संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली बोलाएर कार्यालयमा नै पीसीआर परीक्षण गराएको थियो । उनका अनुसार थप केही कर्मचारीको आइतबार परीक्षण गरिएकाले उनीहरुको रिपोर्ट आउन बाँकी छ ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री कार्यालयले संक्रमित तथा सामान्य ज्वरो तथा रुघाखोकी लागेका कर्मचारीलाई घरमै बस्न भनेको प्रवक्ता पन्थले बताए ।

प्रकाशित : माघ २, २०७८ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?