कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा राप्रपाको आपत्ति

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लिपुलेक-कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरिरहेको विषयमा आपत्ति जनाएको छ । राप्रपाले सत्तारुढ गठबन्धन सरकारको यसबारे आश्चर्यजनक मौनता दुःखद् र रहस्यमय भएको भन्दै सरकारले त्यसको प्रतिवाद गर्नुपर्ने भनेको छ ।

लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा राप्रपाको आपत्ति

‘नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ,’ राप्रपाका महामन्त्री भुवन पाठकले शनिबार विज्ञप्तिमार्फत् भनेका छन्, ‘कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।’

राप्रपाले नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे सरकारले भारतसंग कुटनैतिक र राजनीतिक तहमा संवाद गरि अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरी समाधान निकाल्न माग गरेको छ ।


प्रकाशित : माघ १, २०७८ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?