कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अपडेट

धादिङ रुबी भ्याली पहिरोमा बेपत्ता अझै भेटिएनन्, शुक्रबार बिहानै खोजी गरिने

काठमाडौँ — धादिङको रुबी भ्यालीमा बिहीबार बिहान बाटो खन्ने क्रममा गएको पहिरोमा पुरिएर बेपत्ताहरु साँझसम्म भेटिएका छैनन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३६ जनाको टोली र स्थानीयले बिहीबार दिनभर खोजी गर्दा पनि फेला पार्न नसकिएको धादिङ प्रहरीले जनाएको छ ।        

धादिङ रुबी भ्याली पहिरोमा बेपत्ता अझै भेटिएनन्, शुक्रबार बिहानै खोजी गरिने

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी राकेश सिंहले भने, 'तीनै सुरक्षा निकायका ३६ जनाले घटनास्थलमा दिनभर खोजी जारी राखे । तर अँध्यारो भएपछि अरुलाई पनि पहिरोको जोखिम रहेकोले साँझ साढे ५ बजेपछि खोजी कार्य रोकिएको छ । शुक्रबार बिहानदेखि नै खोज तथा उद्धार कार्य सुरु हुनेछ ।'

एसपी सिंहले बिहीबार पहिरोस्थलमा बा २ क ४८२१ नम्बरको डोजर देखिएकोले त्यस वरपरका रुख काट्ने र ढुंगा पन्छाउने काम भएको बताए ।


रुबी भ्याली गाउँपालिका वडा नम्बर १ पुरु-लिङ्जो जोड्ने ट्रयाक सडक खन्ने क्रममा बिहान एक्स्काभेटरसहित ३ जना पुरिएको छ । बाटो माथिबाट सुख्खा पहिरो जाँदा एक्स्काभेटर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ पुरिएका छन् ।

चालक र सहचालक काभ्रेका स्थायी बासिन्दा भएको जानकारी आए पनि पूरा ठेगाना नखुलेको एसपी सिंहले कान्तिपुरलाई बताए ।


प्रकाशित : पुस २९, २०७८ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?