१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२
नारायणहिटीमा क्याफे प्रकरण 

प्रहरी भन्छ- 'मन्त्रालयको पत्र प्राप्त भयो, छिट्टै कानुनी प्रक्रिया अघि बढाउँछौं'

काठमाडौँ — प्रहरी प्रधान कार्यालयले नारायणहिटी संग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालसहित संलग्नहरुलाई सार्वजनिक सम्पदा विरुद्धको कसुरमा कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पठाएको पत्र प्राप्त भएको भन्दै कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ । 

प्रहरी भन्छ- 'मन्त्रालयको पत्र प्राप्त भयो, छिट्टै कानुनी प्रक्रिया अघि बढाउँछौं'

मन्त्रालयले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो । प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यले नेपाल सरकारले पठाएको पत्र अनुसन्धानमा रहेको बताए । ‘यो घटनाको अनुसन्धानको अधिकार जिल्ला प्रहरी कार्यालय काठमाडौंको हो । यसलाई हामी चाँडै अघि बढाउने छौं,’ डिआईजी आचार्यले बिहीबार कान्तिपुरसँग भने ।

नारायणहिटी दरबार संग्रहालय परिसरमा क्यान्टिन/क्याफ्टेरिया संचालनसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदनसहित मन्त्रालयले दाहाल र बतास समूहको बी म्यानेजेन्टका संचालकलाई मुलुकी अपराधसंहिता २०७४ को दफा १४७ अनुसार कारबाहीका लागि पत्राचार गरेको थियो । संहिताले राष्ट्रिय तथा सार्वजनिक सम्पदा पूर्वस्वीकृतिबिना अतिक्रमण, भोगचलन गर्न नपाइने भनेको छ । यो कसुर प्रमाणित भएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

प्रकाशित : पुस २९, २०७८ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?