कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देश गुमाएको पीडा भुल्ने छैनौं : नारायण कट्टेल

'जहाँ पुगे पनि हामी भुटानी हौँ'

काठमाडौँ — भुटानको विदेश मन्त्रालयमा कार्यरत रहेकै बेलामा देशनिकालामा परेका साम्चीका नारायण कट्टेलले ‘सन् ९० को दशकमा दक्षिणी भुटानी नेपालीभाषीलाई किन आफ्नो थातथलोबाट हटाइादैछ भन्ने धेरै पछिसम्म धेरैले थाहा नपाएको’ बताएका छन् ।

देश गुमाएको पीडा भुल्ने छैनौं : नारायण कट्टेल

सन् १९८० देखि एक दशकसम्म भुटानको विदेश मन्त्रालयअन्तर्गत सुरुमा कुवेत र पछि दिल्लीस्थित कूटनीतिक नियोगमा सहायक निर्देशकका रुपमा कार्यरत कट्टेललाई सन् १९९० मा थिम्पू फिर्ता बोलाउादै जागिर र देश दुवै छाड्नुपर्ने सर्त राखिएको थियो ।

देश छाडिसकेपछि मात्रै थाहा भएको कुरा के थियो भने भुटान सरकार देशमा रहेका ल्होत्साम्पा (नेपालीभाषी) लाई सम्पूर्ण रुपमा हटाउन चाहन्छ, एक भाषा–एक भेषको बहाना भए पनि सिक्किमदेखि तिब्बतसम्म उब्जिएको राजनीतिक संकटलाई देखाएर सरकारले नेपालीभाषीलाई जानाजानी हटाएको थियो,’ हाल अमेरिकाको पेन्सिलभेनिया राज्यमा राजनीतिक शरण लिएर बसिरहेका कट्टेलले कान्तिपुरसाग फोनमा भने ।

‘विदेश मन्त्रालयमा छादै दक्षिणी मूलका भुटानीमाथि हुन लागेको जातीय सफायाबारे मैले संकेत पाइसकेको थिएा, भुटानको नेसनल एसेम्बलीको ७० औं सेसन(१९९१ अक्टोबर)ले ल्होत्साम्पाको जातीय सफायामा प्रस्तावै पारित गरिसकेको थियो,’ कट्टेलले भने । त्यही एसेम्ब्लीको पारित प्रस्तावमा दक्षिण भुटानी सरकारी उच्चपदस्थ ल्होत्साम्पा भीम सुब्बा, आरबी बस्नेतसहितलाई राष्ट्रद्रोही भनेर उल्लेख गरिएको छ । एसेम्ब्लीका सभामुख पासाङ दोर्जीले १९९१अक्टोबर २४ मा पारित गरेको संसद प्रस्तावमा सुब्बा र बस्नेतले नेपालमा राजनीतिक शरण लिएको भन्दै ‘यस्ता सबै राज्यद्रोहीलाई शरण दिन’ नेपाल सरकारलाई आह्वानसमेत गरेका छन् ।

ल्होत्साम्पा लखेटिएर भारत हुँदै नेपाल आएर शरणार्थीका रूपमा बसोबास थालेपछि राष्ट्रसंघीय शरणार्थी आयोगसहित विदेशी दाताको बढ्दो उपस्थितिले भुटानले चाहेजति ल्होत्साम्पालाई निकाला गर्न नसकेको र नपाएको धारणा कट्टेलले सुनाए । ‘भुटानमा रहेबसेका ल्होत्साम्पाको पछिल्लो हालत पनि निकै दु:खद र अमानवीय रहेको छ भन्ने जानकारी आएको छ,’कट्टेलले भने, ‘कहिले जनगणनाको आधार र कहिले बसोबासको अरु आधार खोजेर ल्होत्साम्पालाई अनागरिक बनाउने काम जारी रहेछ ।’

त्यही बेलामा भारतको सम्पूर्ण भरथेग पाएर र अर्कातिर ह्याप्पी–इन्डेक्सको आत्मरति विश्वसामु फैलाएर भुटानले ल्होत्साम्पाको मानव अधिकार तथा शरणार्थीको मुद्दालाई ओझेलमा पारिएको उनले बताए । विशेषत: एउटा बौद्धमार्गी राष्ट्रको शान्तिपूर्ण र सघन अस्तित्व देखाएर तथा छिमेकका तिब्बत र सिक्किमको बौद्धधर्म पृष्ठभूमि नष्ट गरिएको आधार देखाएर पश्चिमा जगतको सहानुभूति साट्नमा भुटान सक्षम बनेको कट्टेलले सुनाए ।

‘शरणार्थीकै हैसियतमा भए पनि बाहिरी विश्वमा पुगेका एक लाखभन्दा बढी ल्होत्साम्पामध्ये धेरैजसो आज शैक्षिक र बौद्धिक रुपमा पनि जागरुक बन्दै गएका छन्,’ उनले भने, ‘आफ्नो गुमेको देश र माटोबारे हामी ल्होत्साम्पाको आउने पुस्ताले पनि आवाज चर्काइरहने स्थिति मैले देखेको छु,। यो आजका लागि ढाकेर वा छोपेर हराइहाल्ने मुद्दा होइन, यो जातीय नरसंहारको इतिहासलाई कहिल्यै भुल्न सकिने छैन ।’

लोकतन्त्रको दुहाइ र ह्यापी–इन्डेक्सको सूचांक भनेकै भुटानभित्रको मानवअधिकार, ३० वर्षदेखिका थुनिएका राजबन्दीको आवाज र जातीय सफायाको कालो दागलाई छोप्ने उपाय रहेको भन्दै कट्टेलले ‘फेरि मौका पाउनासाथ बााकी ल्होत्साम्पालाई देशनिकाला गर्न भुटानले मौका पर्खेर बसिरहेको’ धारणा कट्टेलले राखे ।

प्रकाशित : पुस २९, २०७८ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?