देवेन्द्र भट्टराई

भट्टराई विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । उनी कान्तिपुर पब्लिकेसन्समा सहायक सम्पादकको रुपमा कार्यरत छन् । उनी परराष्ट्र, शिक्षा, श्रम, कला, साहित्य,फिचर लगायतका विषयमा कलम चलाउँदै आइरहेका छन् । साथै उनी रेगिस्तान डायरी, स्रष्टा र समय पुस्तकका लेखक हुन् ।

देवेन्द्र भट्टराईका लेखहरु :

‘लिम्बुवानको कुरा गरें भने राष्ट्रद्रोही ठहरिन्छु’

२०१७ सालमा राजा महेन्द्रले निर्वाचित सरकार अपदस्थ गरेर पञ्चायती शासन सुरू गरेपछि विरोधमा उत्रिएका विद्यार्थीको हूलमा थिए, कृष्णविक्रम नेम्बाङ पनि । पाँचथरको पौवासारतापमा जन्मेका उनी त्यसबेला दार्जिलिङको सेन्ट रोबर्ट्समा पढ्दै थिए । त्यहींबाट राजनीतिक अभियन्ता बनेका उनी पछि बीपी कोइरालाको संगतमा पुगेपछि कांग्रेसी प्रचारक, विचारक बनेर निस्किए । 

दोलखाबाट हराएका सम्पदा बेलायत-अमेरिकामा

दोलखाको नकछेंस्थित प्रधान परिवारको गुठीमा रहेको सुनौलो भैरव मास्क न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टमा फेला परेलगत्तै यही गुठीबाट चोरिएको अर्को भैरव मास्क (हाथो द्यो) डल्लास म्युजियम अफ आर्टमा फेला परेको छ ।

‘भगवान नाममा के नै छ र ?’

मुटुरोग विशेषज्ञ एवं सर्जन डा. भगवान कोइरालाका नाममा धेरैवटा वेब–पोर्टल भेटिन्छन्, बरमजियाको असली पेडा पसलझैं । त्यसमध्ये एउटाको नाम छ— डा. लर्ड कोइराला । यसरी नाम–काम र पहिचानमा विशेष बनेपछि स्वभावतः क–कसले, कुन फ्यान–फलोवरले पेज खोलिदिन्छन्, थाहा पनि हुन्न । हैरान बनेपछि भगवान आफैंले प्रहरीको सहयोग मागेर आफ्ना नामका केही पोर्टल बन्द पनि गराएछन्, तर यो क्रम अझै रोकिएको छैन । कार्डियोथोरासिक सर्जन एवं प्राध्यापक कोइराला चिकित्सा क्षेत्रबाट चिनिएका सामाजिक अभियान्तासमेत हुन् ।

युगान्डामा ‘मुजुरा’, ५ नेपाली युवती पक्राउ

गैरकानुनी बाटो र उपायबाट नेपाली युवतीलाई अफ्रिकी मुलुकमा लगेर विभिन्न बार–रेष्टुराँमा ‘मुजुरा नाच’ गराउने सञ्जाल पूर्वी अफ्रिकी मुलुक युगान्डामा सक्रिय देखिएको छ । आइतबार राजधानी कम्पालाको एक डान्स रेष्टुराँबाट पक्राउ परेका ६ मध्ये ५ जना नेपाली युवती रहेको र उनीहरू लुकिछिपी ४ वर्षदेखि युगान्डामा रहेको खुलासा भएको छ ।

‘प्रतिवादीको डीएनए मिलेन’ भन्दै अल्झाइएको बलात्कार मुद्दामा अन्ततः ‘कसुरदार ठहर’

धनुषाको महेन्द्रनगरकी एक १४ वर्षीया नाबालिकामाथि भएको बलात्कार मुद्दामा अभियुक्तलाई कसुरदार ठहर भएका छन् । ३ वर्षअघिदेखि अभियुक्तको डीएनए आधार चाहिने भन्दै अल्झाएर राखिएकोमा अन्ततः ‘डीएनए प्रमाण नमिले पनि’ अन्य प्रमाण आधारमा कसुरदार ठहर भएको हो ।

‘म शुद्ध र सही वर्णविन्यासको पक्षधर’

विद्यालय तहदेखि विश्वविद्यालयसम्म ‘गौतमको अंग्रेजी व्याकरण’को ख्यातिले चिनिएका चूडामणि गौतमले व्याकरण, हिज्जे, शब्दकोषसहितका १ सयभन्दा बढी कृति लेखेका छन् ।

छुटेका शरणार्थीको भविष्य अन्योलमा

दक्षिणी भुटानको गेलेफु गाउँबाट ३० वर्षअघि श्रीमती, छोराछोरीसहित नेपाल छिरेका लीलाधर आचार्य यतिखेर बेलडाँगीको शरणार्थी शिविरको एउटा झुप्रोमा एक्लै बसिरहेको भेटिन्छन् । बेलडाँगीको बी–फोर ४१९ नम्बर झुप्रोमा बसिरहेका ७५ वर्षीय आचार्यको छिमेकमा बस्छन्, पदमलाल पुवार । ५५ वर्षीय पुवार पनि आफ्नो झुप्रोमा सुस्त एक्लै छन् ।

‘यहाँ लिपि पढ्ने विज्ञको खडेरी छ’

पुरातत्त्वविद् शंकरमान राजवंशीका छोरा श्यामसुन्दर (६२) ले बाबुकै संगत र सहचर्यबाट नेपालको इतिहासबारे पत्तो पाए । पुरातत्त्व, अभिलेख र लिपिबारे जानकारी पाए । बाबुकै अघि–पछि लागेर प्राचीन लिपिहरु सिके, लिपि खुट्याउन सक्ने भए । बाबुकै सोख र कामको पदचाप पछ्याउँदै ४० सालपछि पुरातत्त्व विभागमा जागिरे बनेका श्यामसुन्दर लामो समय पुरातत्त्वकै खोजतलासमा सक्रिय रहे ।

राजा महेन्द्रले दिएका उपहार विदेशी संग्रहालयमा फेला

पुरातत्वविद् लैनसिंह वाङ्गदेलको सन् १९८९ मा प्रकाशित बहुचर्चित कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ को प्राक्कथनमा भनिएको छ‒‘न्युयोर्कको एसिया हाउसमा नेपाली कला‐सम्पदाबारेको प्रदर्शनी पहिलोपटक सन् १९६४ मा गरिएको थियो । त्यो प्रदर्शनी आयोजना गर्ने डा.स्टेला क्रमरिच नै त्यस्ती विद्धान हुन् जसले नेपालको कलालाई पश्चिमा जगतमा पहिलोपटक चिनाएकी थिइन् ।’