कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलनपीडितको उपचारार्थ वार्षिक ६० लाख

काठमाडौँ — एसिडलगायत जलनबाट पीडितको उपचारका लागि निजी क्षेत्रबाट वार्षिक ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने सम्झौता भएको छ । काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा १८ वर्षमुनिका जलनपीडितको निःशुल्क उपचार गर्ने गरी पाल्पा सिमेन्ट प्रालिले ६० लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भएको हो ।

जलनपीडितको उपचारार्थ वार्षिक ६० लाख

सम्झौतामा पाल्पा सिमेन्टका तर्फबाट कार्यकारी निर्देशकद्वय राजेशकुमार अग्रवाल, विष्णुकुमार अग्रवाल, अस्पतालका निर्देशक डा. सन्तोष भण्डारी र पीडितका हितमा क्रियाशील उज्वलविक्रम थापाले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै पाल्पा सिमेन्टले बर्सेनि अस्पताललाई उपलब्ध गराउने उक्त रकमबाट पीडितको निःशुल्क उपचार हुने थापाले बताए । ‘यो सहयोग मानवीय संवेदनासँग जोडिएको छ । यसले पीडितका नाममा पैसा उठाएर दुरुपयोग हुने जोखिम पनि घटाउँछ,’ थापाले भने । जलनपीडितको उपचारका लागि डेडिकेटेड उक्त अस्पताल २५ वर्षअघि स्थापना भएको हो ।


प्रकाशित : पुस २८, २०७८ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?