कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले प्युठानको अध्यक्षमा विजय विराज विष्ट

प्युठान — नेकपा एमाले प्युठानको अध्यक्षमा विजय विराज विष्ट विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३१४ मत ल्याउँदै विष्ट विजयी भएका हुन् ।

एमाले प्युठानको अध्यक्षमा विजय विराज विष्ट

अध्यक्षका प्रत्यासी नेहरसिंह केसीलाई ७३ मतले पछि पार्दै विष्ट विजयी भएको निर्वाचन समितिका संयोजक नेत्रबहादुर रोका क्षेत्रीले जानकारी दिएको छ । केसीले १७६ मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा झगबहादुर विश्वकर्मा २९५ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी मुक्ति पोख्रेलले १७९ मत प्राप्त गरे ।

सचिवमा माधव शर्मा विजयी भए । शर्माले २७२ मत प्राप्त गर्दा सचिवका अर्का प्रत्यासी नेगनसिंह कुँवरले १८६ मत पाए । सहसचिवमा दिपा घर्तीले ३८४ र श्रीधर रोकाले ३७२ मत प्राप्त गर्दै विजयी भएका छन् । सहसचिवका प्रत्यासी बिनोद वलीले १७१ मत प्राप्त गरे ।

त्यस्तै दलित सदस्यमा राजेन्द्र गौतमले २७९, पुर्खसिंह सुनारले १७६ मत ल्याउँदै विजयी भएको संयोजक क्षेत्रीले जानकारी दिए ।

प्रकाशित : पुस २६, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?