कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बतास समूहमा संलग्न नभएको आरजु देउवाको दाबी

काठमाडौँ — कांग्रेस नेतृ एवम् प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले सञ्चार माध्यमहरूमा आफ्नो संलग्नताबारे आएका समाचार गलत भएको दाबी गरेकी छन् । व्यावसायिक घराना बतास समूहसँग राणाको नाम जोडिएर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि राणाले सामाजिक सञ्जालमार्फत आफू संलग्न भएका छ वटा संस्थाहरूको विवरण प्रस्तुत गर्दै अन्य संस्थाहरूसँग आफ्नो संलग्नता नरहेको दाबी गरेकी छिन् ।

बतास समूहमा संलग्न नभएको आरजु देउवाको दाबी

उनले राखेको आफू संलग्न संस्थाहरूको सूचीमा बतासको नाम छैन । तर, यसअघि बतास फाउन्डेसनको वेभसाइटमै सल्लाहकारको रुपमा उनको नाम उल्लेख थियो । त्यसबारे समाचार प्रकाशन भएपछि बतासले आफ्नो वेभसाइट अहिले चल्न नमिल्ने बनाएको छ । बतासको अर्काइभमा भने आर्जुको नाम कम्पनीको सल्लाहकारकै रुपमा देख्‍न सकिन्छ ।

बतास कम्पनीले आफ्नो आधिकारीक वेबसाइट चल्न नमिल्ने बनाएपछि अर्काइभभित्र आरजुलाई फाउण्डेशनको सल्लाहकारमा राखिएको देख्‍न सकिन्छ ।

आरजु संलग्न संस्थाहरू

- संस्थापक एवम् अध्यक्ष, सुरक्षित मातृत्व संञ्जाल महासंघ नेपाल

- अध्यक्ष, नामी

- अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, युलेन्स स्कुल

- संस्थापक अध्यक्ष तथा सल्लाहकार, ग्रामीण महिला तथा एकता केन्द्र, नेपाल

- पूर्वअध्यक्ष तथा सल्लाहकार, साथी नेपाल ।

- संरक्षक, नेपाल ब्लड डोनर्स एसोसियसन

प्रकाशित : पुस २२, २०७८ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×