बतास समूहमा संलग्न नभएको आरजु देउवाको दाबी
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — कांग्रेस नेतृ एवम् प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले सञ्चार माध्यमहरूमा आफ्नो संलग्नताबारे आएका समाचार गलत भएको दाबी गरेकी छन् । व्यावसायिक घराना बतास समूहसँग राणाको नाम जोडिएर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि राणाले सामाजिक सञ्जालमार्फत आफू संलग्न भएका छ वटा संस्थाहरूको विवरण प्रस्तुत गर्दै अन्य संस्थाहरूसँग आफ्नो संलग्नता नरहेको दाबी गरेकी छिन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![बतास समूहमा संलग्न नभएको आरजु देउवाको दाबी](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/arju-0612022011640-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
उनले राखेको आफू संलग्न संस्थाहरूको सूचीमा बतासको नाम छैन । तर, यसअघि बतास फाउन्डेसनको वेभसाइटमै सल्लाहकारको रुपमा उनको नाम उल्लेख थियो । त्यसबारे समाचार प्रकाशन भएपछि बतासले आफ्नो वेभसाइट अहिले चल्न नमिल्ने बनाएको छ । बतासको अर्काइभमा भने आर्जुको नाम कम्पनीको सल्लाहकारकै रुपमा देख्न सकिन्छ ।
बतास कम्पनीले आफ्नो आधिकारीक वेबसाइट चल्न नमिल्ने बनाएपछि अर्काइभभित्र आरजुलाई फाउण्डेशनको सल्लाहकारमा राखिएको देख्न सकिन्छ ।
आरजु संलग्न संस्थाहरू
- संस्थापक एवम् अध्यक्ष, सुरक्षित मातृत्व संञ्जाल महासंघ नेपाल
- अध्यक्ष, नामी
- अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, युलेन्स स्कुल
- संस्थापक अध्यक्ष तथा सल्लाहकार, ग्रामीण महिला तथा एकता केन्द्र, नेपाल
- पूर्वअध्यक्ष तथा सल्लाहकार, साथी नेपाल ।
- संरक्षक, नेपाल ब्लड डोनर्स एसोसियसन
प्रकाशित : पुस २२, २०७८ १७:५२