कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जनताको अपेक्षा अनुसार काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा संयुक्त बैठक बोलाइ प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका हुन् ।

जनताको अपेक्षा अनुसार काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्री देउवाको निर्देशन

उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए । प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री तथा सचिवहरुलाई सचेत गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीले मुलुकको विकास र सरकारले जनतालाई दिनुपर्ने जुन सेवा, सुविधाहरु छन, त्यसलाई तीव्रताका साथ अगाडि बढाउने र जनताको जीवन रक्षाका निमित्त सरकार चनाखो हुने र विकास निर्माणलाई पनि तीव्रताका साथ अगाडि बढाउनका निमित्त सबै मन्त्री, सबै सचिवहरुलाई निर्देशन दिनुभएको छ । बैठकमा अर्थतन्त्रको अवस्थाका बारेमा अर्थमन्त्रीले जानकारी गराउनु भयो । समग्रतामा प्रधानमन्त्रीजीले मुलुकको अपेक्षा र जनताको अपेक्षा अनुसार सरकारले तीव्रताका साथ काम गरोस् भनेर निर्देशन दिनु भयो ।’

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । यता, प्रधानमन्त्री देउवाले ती समस्या समाधान गरेर जन सेवाको कामलाई रफ्तारमा अघि बढाउनुपर्ने बताएका थिए ।

प्रकाशित : पुस २१, २०७८ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×