कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पाल्पा बस दुर्घटना : मृतक ७ जनाकै सनाखत 

माधव अर्याल

पाल्पा — पाल्पामा मलामी बोकेको बस आइतबार बिहान दुर्घटना हुँदा मृत्यु भएका सबैको सनाखत भएको छ । दुर्घटनामा सात जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् ।  

पाल्पा बस दुर्घटना : मृतक ७ जनाकै सनाखत 

पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा भएको दुर्घटनामा मृत्यु भएका सबै पुरुष हुन् । प्रहरीका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१७, का ३० वर्षीय पशुपति रसाइली, बुटवल उपमहानगरपालिका–१७, कै ४० वर्षीय खुमबहादुर राना, बुटवल उपमहानगरपालिका–११, का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२, मरेङका २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक, ३३ वर्षीय अर्जुन विक, ३६ वर्षीय मोहन कुँवर रहेका छन् ।

रुपन्देहीको बुटवलदेखि शव दाहसंस्कारका लागि कालीगण्डकी नदी रुरुक्षेत्रको रिडी घाट हिँडेको बस पाल्पा–रिडी सडक खण्डको ओरालोमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बसबाट तीन वटा शव बाहिर उछिट्टिएको थियो । चार वटा शव दुर्घटनाग्रस्त बसले किचेको अवस्थामा डोजर लगाएर निकाल्नु परेको थियो । तीव्र गतिमा गुडेको लु १ ख ७२७९ नम्बरको बस ओरालो सडकमा दुर्घटना भएको घाइते यात्रुले बताए । सोमी बसमा यात्रा गरेका घाइते कृष्णबहादुर नेपालीले सडक ओरालो र शीतले गर्दा चिप्लो साथै घुम्तीसमेत रहेकाले दुर्घटना भएको जानकारी दिए ।

घाइतेमध्ये नौ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा र ७ जनाको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका–२, मरेङ कुभिण्डेका बीरबहादुर टमाटा (विक) को शव दाहसंस्कारका लागि रिडी लगिँदै थियो । दुर्घटनामा घाइतेका अनुसार बसमा करिब ३५ जना मलामी सवार रहेका थिए । अन्य मलामीको अवस्था भने सामान्य छ ।

बिहान साढे १० बजेको समयमा लु १ ख ७२७९ नम्बरको बस ओरालो सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १८, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×