कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
मल खरिदमा भ्रष्टाचार

कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक, कर्मचारी र ठेकेदारविरुद्ध विशेष अदालतमा १ अर्ब ५३ लाखको मुद्दा

काठमाडौँ — कृषि तथा पशुपंछी मन्त्रालयअन्तर्गत कृषि सामग्री कम्पनी लिमिटेडबाट भएको डीएपी मल खरिदमा १ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको कसुरमा कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित कर्मचारी र ठेकेदारविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक, कर्मचारी र ठेकेदारविरुद्ध विशेष अदालतमा १ अर्ब ५३ लाखको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डेसहितलाई प्रतिवादी बनाएर अख्तियारले १ अर्ब ५३ लाख २२ हजार ४ सय ६६ रुपैयाँ ७२ पैसा बिगो र कैद सजाय माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मल खरिदमा तोकिएको स्पेसिफिकेसनभन्दा कम गुणस्तर रहेको, गुणस्तरहीन मललाई गुणस्तरीय भनी प्रमाणित गरेको लगायत आरोप लगाइएको छ ।

प्रकाशित : पुस १८, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?