१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

माओवादीद्वारा निर्वाचन, अनुशासन र लेखा आयोगको नेतृत्व चयन

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) को निर्वाचन, अनुशासन र लेखा आयोगमा नेतृत्व चयन गरिएको छ ।  

आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवनमा जारी बन्दसत्रबाट केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ, अनुशासन आयोगमा टंक राई र लेखा परीक्षण आयोगमा पेशल खतिवडा निर्वाचित भएका हुन् । 

माओवादीद्वारा निर्वाचन, अनुशासन र लेखा आयोगको नेतृत्व चयन

अध्यक्ष मण्डलले हलमा राखेको आयोग अध्यक्ष र सदस्यहरुको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको महाधिवेशन प्रतिनिधि रमेश मल्लले जानकारी दिए ।

३ वटै आयोग २५ सदस्यीय छ । आयोगका सदस्यहरुलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ ।

त्यस्तै पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले पेस गरेको आठौं राष्ट्रिय महाधिवेशनको आय, व्ययको आर्थिक प्रतिवेदन पनि बन्द सत्रबाट एकमतले पारित छ ।

प्रकाशित : पुस १८, २०७८ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?