कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको भारत भ्रमण अघि आरजुले थालिन् दिल्लीमा राजनीतिक भेटघाट 

भाइ भुषण राणाको उपचारका लागि भन्दै दिल्ली गएकी आरजुले भारतीय जनता पार्टी विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग आइतबार भेटेकी छन् ।
जगदीश्वर पाण्डे

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी भइरहेका बेला नयाँदिल्ली पुगेकी श्रीमती आरजु राणाले राजनीतिक भेटघाट थालेकी छन् । उनले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग आइतबार भेटवार्ता गरेकी हुन् । 

प्रधानमन्त्रीको भारत भ्रमण अघि आरजुले थालिन् दिल्लीमा राजनीतिक भेटघाट 

प्रधानमन्त्री देउवाको आउँदो पुस २५ गते देखि २७ सम्म भारत भ्रमण गर्ने कार्यक्रम छ । राणाका भाइ भूषणको स्वास्थ्य उपचारको गर्न पुस ११ गते दिल्ली गएकी थिइन् । भाइको उपचार सकिएलगतै आरजुले राजनीतिक भेटवार्ता थालेकी हुन् ।

प्रधानमन्त्री देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्यमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन जान लागेका हुन् । यस विषयमा दुवै सरकारले आधिकारिक रुपमा सूचना बाहिर ल्याउन भने बाँकी छ । तर नेपाल सरकारले देउवाको भारत भ्रमणको गृहकार्य गरिरहेको छ ।

‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ गुजरातको गान्धिनगरमा पुस २६ देखि २८ सम्म हुँदैछ । त्यही दौरानमा देउवाले मोदीसँग नयाँदिल्लीमा द्वीपक्षीय भेटघाट गर्ने कार्यक्रम छ ।


प्रधानमन्त्री देउवाको भ्रमण अघि दिल्ली पुगेकी आरजुले राजनीतिक भेटवार्ता थालेसँगै भ्रमणको पूर्व तयारीको रुपमा हेरिएको हो । प्रधानमन्त्रीको भ्रमण अघि कि परराष्ट्रमन्त्री वा प्रधानमन्त्री निकट व्यक्तिलाई सम्बन्धित मुलुकमा पूर्व तयारीका लागि पठाउने चलन छ । आरजुले दिल्लीमा थालेको राजनीतिक भेटवार्ता त्यसैको संकेत हो ।

भाजपाका विदेश विभागका प्रमुख चौथाइवालेले आरजुसँगको भेटवार्तापछि ट्वीट गर्दै लेखेका छन्, ‘व्यक्तिगत भ्रमणमा नयाँ दिल्ली भ्रमणमा रहेकी डा. आरजु देउवा राणासँग मेरो सौहार्दपूर्ण भेटवार्ता भयो ।’ आरजु र चौथाइवालेबीच विशेष सम्बन्ध छ । गत रक्षबन्धनको दिन चौथाइवाले नेपालको भ्रमण गर्दा आरजुले प्रधानमन्त्री निवास बालुवाटारमै चौथाइवालेलाई ‘राखी’ लगाइदिएकी थिइन् ।

आरजुले नयाँ दिल्ली पुग्ने बित्तिकै कान्तिपुरकर्मीसँग यो विशुद्ध व्यक्तिगत भ्रमण गरेको उल्लेख गरेकी थिइन् । तर आइतबार उनले राजनीतिक भेटवार्ता गरिन् । उनले अझै को–कोसँग भेटवार्ता गर्ने भन्ने बारेमा खुलाइएको छैन ।

प्रकाशित : पुस १८, २०७८ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?