कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बस्ने 

काठमाडौँ — कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । देउवाले सोमबार बस्ने गरी आइतबार केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बस्ने 

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक सोमबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्यहरूलाई बोलाइएको मुख्यसचिव पौडेलले जानकारी दिए ।

एक नेताकाअनुसार बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार चयन लगायत विषयमा निर्णय गर्नेछ । १४ औँ महाधिवेशनपछि कार्यगत हिसावले सोमबार पहिलो बैठक बस्न लागेको हो ।

यसअघि ११ पुसमा बैठक बसेपनि त्यो औपचारिकतामा सीमित बनेको थियो । यसपटक रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहित महाधिवेशनमा छुटेका नेताहरू समेत बैठकमा सहभागी हुनेछन् ।

देउवाले पौडेल र सिटौलासहित १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

प्रकाशित : पुस १८, २०७८ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?