कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप, गोदार चोक तनावग्रस्त

८ सुरक्षाकर्मी घाइते, प्रहरीद्वारा ११ राउन्ड रबर गोली र १६ राउन्ड अश्रु ग्यास प्रहार
सन्तोष सिंह

धनुषा — धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ गोदार चोकमा सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरी र राउत कार्यकर्ताबीच झडप भएको हो ।

सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप, गोदार चोक तनावग्रस्त

झडपमा प्रहरी ७ जना प्रहरी र एक सशस्त्र प्रहरीसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राउतका ८ जना कार्यकर्ताहरू घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई रबर गोली लागेको छ ।

प्रहरीले ११ राउन्ड रबर गोली र १६ राउन्ड अश्रु ग्यास प्रहार गरेपनि स्थिती नियन्त्रणमा आउन सकेको छैन । अहिले गदार चोक तनावग्रस्त छ । राउतका कार्यकर्ताहरु भाटा लिएर सडकमा निस्किएका छन् ।

आइतबार दिउँसो भाटासहित उपस्थित भएका राउतका कार्यकर्ताहरुले राजमार्गमा मुढा तेर्साएर सडक अवरुद्ध गर्न खोजेका थिए । त्यसक्रममा प्रहरीले सडक खुलाउने क्रममा झडप भएको हो ।



प्रकाशित : पुस १८, २०७८ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?