कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा दुई उम्मेदवार

देउवा पक्षबाट प्रेमध्वज लामा र कोइराला पक्षबाट वंशलाल तामाङ

सिन्धुपाल्चोक — नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिका लागि संस्थापन र इतरपक्षबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । जिल्ला सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला पक्षबाट क्रमशः क्षेत्र नं. १ का प्रेमध्वज लामा र २ का वंशलाल तामाङ चुनावी मैदानमा छन् ।

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा दुई उम्मेदवार

कांग्रेसले पुस २७ मा जिल्लाको पार्टी अधिवेशन गर्ने सबै तयारीसहित समय पनि तोकिसकेको छ ।

यसअघि तामाङ क्षेत्र नं. २ को अधिवेशनका उम्मेदवारमध्ये सबैभन्दा बढी लोकप्रिय मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका थिए । क्षेत्र नं. १ मा लामाले पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतपछि धेरै मत ल्याएर जितेका थिए । त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका उपप्राध्यापक रहेका ५३ वर्षीय लामाले जिल्ला सभापति लड्ने होडमा शुक्रबार पदबाट राजीनामा नै गरिसकेका छन् ।

उनी यसअघि नेविसंघ सिन्धुपाल्चोकका सभापति भएका थिए । तामाङ इन्द्रावती गाउँपालिकाका अध्यक्ष र गाउँपालिका राष्ट्रिय महासंघका महासचिव हुन् । उनी जिल्लामा बौद्धिक र काम गर्ने जनप्रतिनिधिका रूपमा चिनिन्छन् ।

०३६ सालबाट नेवि संघको इकाइ सभापति भएर राजनीतिक सुरु गरेका तामाङ ०४६ देखि ०४८ सालसम्म संघको जिल्ला अध्यक्ष भएका थिए ।

प्रकाशित : पुस १८, २०७८ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?