कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब अनलाइन नै पत्रकारिताको मूलधार : सञ्चारमन्त्री कार्की

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब अनलाइन सञ्चारमाध्यम नै पत्रकारिताको मूलधार बनेको बताएका छन् । शनिबार अनलाइन पत्रकार संघको ११ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

अब अनलाइन नै पत्रकारिताको मूलधार : सञ्चारमन्त्री कार्की

'पत्रकारिताको मूलधार नै अनलाइन पत्रकारिता भइसक्यो, त्यसैले यसमा कुनै समस्या भए सरकार सहजीकरण र सहयोग गर्न तयार नै छ,' उनले भनेका छन्, 'यसलाई थप व्यवस्थित बनाउन आवश्यक कानुन निर्माण र संशोधन गर्नुपरे पनि सरकार तयार छ ।'

मन्त्री कार्कीले अन्य सञ्चारमाध्यम झैं अनलाइन सञ्चारमाध्यमलाईसमेत समानुपातिक विज्ञापन उपलब्ध गराउन कार्यविधी बनिरहेको भन्दै वर्तमान सरकार प्रेस स्वतन्त्रतामा अवरोध हुने कुनै गतिविधीबारे सोच्नसमेत नसक्ने बताए ।

संघले आफ्नो साधारण सभाको अवसरमा पत्रकार केपी ढु‌ंगानालाई पुरस्कृत गरेको छ । संघले पत्रकार ढुंगानालाई पहिलो 'अनलाइन जर्नलिज्म अवार्ड' प्रदान गरेको हो ।

इञ्जिनियर विनोद ढकालले ५ लाख रुपैयाँको अक्षय कोष राखेर स्थापना गरेको पुरस्कार पहिलोपटक प्रदान गरिएको हो। पुरस्कारको राशि ५० हजार रहेको छ।

सञ्चारमन्त्री कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ढुंगानालाई पुरस्कार प्रदान गरेका थिए।

अक्षयकोषबाट आएको रकमबाट संघले अब हरेक दुई वर्षमा आफ्ना सदस्यहरूमध्येबाट उत्कृष्टलाई पुरस्कार दिने संघका अध्यक्ष शिवप्रसाद सत्यालले बताए।

डेढ दशकदेखि पत्रकारितामा संलग्न ढुंगाना संघका पूर्वअध्यक्ष समेत हुन् । उनी अन्तरदेशीय अपराध सम्बन्धी पुस्तक 'ओपन सेक्रेट'का लेखक हुन्।

स‌ंघको ११ औँ अधिवेशनले शनिबार डिल्लीप्रसाद सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ। समितिको उपाध्यक्षमा गोविन्द अधिकारी, सचिवमा गोविन्द मरासिनी, कोषाध्यक्ष निर्दोष घोरसाइने र सदस्यहरूमा रविराज बराल, प्रजु पन्त र अमृत पौडेल चयन गरेको छ।

प्रकाशित : पुस १७, २०७८ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?