कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
माओवादी महाधिवेशन

नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु, १ हजार ७४२ मतदाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । 

आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले महाधिवेशनस्थल प्रज्ञा भवनमा १ हजार ७४२ जनाको नामावली टाँसेको छ । 

नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु, १ हजार ७४२ मतदाता

माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।

यद्यपि माओवादी शीर्ष नेताहरु केन्द्रीय कमिटी सदस्यमा सहमति जुटाउन छलफलमा छन् । दुई घण्टा समय लिएर सहमति जुटाउने प्रयास गरिएको छ । सहमति नभएमा मतदानमा जाने अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा बताइसकेका छन् ।





प्रकाशित : पुस १७, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?