कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा बाघ गणनामा प्रयोग भएको क्यामेरा चोरी

कमल पन्थी

बर्दिया — बाघ गणनामा प्रयोगमा भएको एक थान ट्रयापिङ क्यामेरा चोरी भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको सीमासँग जोडिएको मध्यवर्ती क्षेत्रमा राखिएको क्यामेरा चोरी भएको हो ।

बर्दियामा बाघ गणनामा प्रयोग भएको क्यामेरा चोरी

चोरी गर्ने मानिसलाई पक्राउ गर्न सजिलो होस् भन्दै ठाउँको नाम उल्लेख गर्न नमिल्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताए । क्यामेरा चोर पत्ता लगाउन स्काई क्यामेरा प्रयोग गरिएको उनले जनाए ।

निकुञ्ज र आसपास बाँके र बर्दियामा एकै साथ बाघ गणना भइरहेको छ । बाघ गणनामा सात सय वटा ग्रीडमा ७ सय २० वटा स्वचालित क्यामेरा राखिएको छ । एउटा ग्रीडमा कम्तिमा १५ देखि २१ दिन सम्म क्यामेरा ट्रयाप राखिएको छ ।

बाघ गणना निकुञ्ज, मध्यवर्ती क्षेत्र, खाता जैविक मार्ग र आसपासका जंगलमा भइरहेको छ । ९ सय ६८ वर्ग किमी क्षेत्रफल रहेको बर्दिया निकुञ्जको चुरे पहाडको बबई उपत्यकामा बाघको बासस्थान बन्दै गएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तु विभाग, विश्व वन्यजन्तु संरक्षण कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना र चोरी सिकारी नियन्त्रण युवा अभियानबाट संयुक्तरुपमा प्राविधिक टोलीले गणना गरिरहेका छन् । निकुञ्ज बाहेक खाता जैविक मार्ग,आसपासका क्षेत्र र कैलालीको छतिवन क्षेत्रबाट पनि बाघको गणना हुँदै आएको छ ।

यसअघि चितवनमा भएको गणनामा प्रयोग भएका ५ थान क्यामेरा चोरी भएका थिए ।

प्रकाशित : पुस १७, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?