केन्द्रीय सदस्यमा सहमति जुटाउन दुई घण्टाको समय छुट्याइयो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
माओवादी महाधिवशेन

केन्द्रीय सदस्यमा सहमति जुटाउन दुई घण्टाको समय छुट्याइयो

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रले केन्द्रीय सदस्यमा सहमति जुटाउन दुई घण्टाको समय छुट्याएको छ । कमलादीस्थित प्रज्ञा भवनमा चलिरहको आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र हलमा सर्वसम्मति प्रयासका लागि दुई घण्टाको समय छुट्याइएको हो ।

सर्वसम्मति हुन नसके केन्द्रीय निर्वाचन आयोगले निर्वाचन समय कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ । माओवादीका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले भने, ' सहमतिका लागि दुई घण्टा समय छुट्याएका छौं । यसैबीचमा हामी निर्वाचन कार्यतालिका सार्वजनिक गर्छौं । '

माओवादीको विधान अनुसार केन्द्रीय सदस्यहरुबाट पदाधिकारी चयन हुनेछ । पदाधिकारी कति रहने भन्ने जिम्मेवारी पनि केन्द्रीय कमिटीलाई दिइएको छ ।

संशोधित विधान अनुसार केन्द्रीय कमिटीमा ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ ।

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

प्रकाशित : पुस १७, २०७८ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्

माओवादी केन्द्रको विधान पारित

कान्तिपुर संवाददाता

काठमाडौँ — कमलादीस्थित प्रज्ञा भवनमा चलिरहको नेकपा (माओावादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनले संशोधित विधान पारित गरेको छ । शनिबारको बन्द सत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएको सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिप रुप दिने गरी विधान मस्यौदा बन्द सत्र हलले सर्वसम्मत पारित गरेको नेता विष्णुकुपार श्रेष्ठले जानकारी दिए ।

संशोधित विधान अनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ ।

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

प्रकाशित : पुस १७, २०७८ १४:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×