कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्लामा जिप खस्दा चार जनाको मृत्यु

हुम्ला/मुगु — हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयानजिकै शुक्रबार राति जिप सडकबाट खस्दा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।

हुम्लामा जिप खस्दा चार जनाको मृत्यु

सिमकोटबाट बिरामी लिएर हेप्काखोलातर्फ गएको लु२च २१०२ नम्बरको जिप राति ११ बजेतिर दुर्घटनाग्रस्त भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा एक बालकसहित चार जना छन् । उनीहरू कसैको पनि सनाखत हुन सकेको छैन ।

घाइते हुनेमा जिप चालक सिंगम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सी गाउँकी कल्पना सिंह, बालक मिलन सिंह, सम्झना शाही, नाम्खा गाउँपालिका–१ की झुम लामा र सिमकोट बजार बस्ने बाजुराका कवि सिंह रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

उनीहरू सबैको सिमकोट अस्पतालमा उपचार भइरहेको छ । दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालका डाक्टर टसिअंजुक लामाले जनाए ।

दुर्घटनाको खबर पाउनासाथ सिमकोटबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरेको सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी नायब उपरीक्षक मोहन बिष्टले बताए ।

प्रकाशित : मंसिर २०, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?