कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्सामा आफ्ना कार्यकर्ताको हत्यामा संलग्‍नलाई कारबाही गर्न नेकपा अध्यक्ष दाहालको माग 

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पर्सा जिल्लामा भएको पार्टी कार्यकर्ता मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

पर्सामा आफ्ना कार्यकर्ताको हत्यामा संलग्‍नलाई कारबाही गर्न नेकपा अध्यक्ष दाहालको माग 

पर्साको बन्दबासिनी गाउँपालिकामा कात्तिक ६ गते नेकपाको गाउँ कमिटी शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा घाइते भएका चौरसियाको उपचारका क्रममा मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्नमाथि छानबिन र कारबाही प्रक्रिया अगाडि नबढेको र प्रहरी प्रशासनले किटानी जाहेरी लिन नमानेको भन्दै नेकपाका उक्त क्षेत्रका नेताहरूले विज्ञप्ति निकालेका थिए । उक्त घटना गम्भीर भएको र त्यसमा प्रहरीले उजुरीसमेत नलिएकोप्रति दाहालले आपत्ति जनाएका छन् ।

'हत्या जस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दछु,' दाहालले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घटनामा जोसुकै भएपनि कानुनी कारबाही गर्नका लागि अध्यक्ष दाहालले माग गरेका छन् ।

प्रकाशित : कार्तिक ९, २०७७ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?