कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार

ढुंगा हानेको आरोपमा ५ जना पक्राउ

बुटवल — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरिएको छ । काठमाडौंबाट भैरहवा हुँदै स्कर्टिङसहित बुटवल आउँदै गरेका मुख्यमन्त्री चढेको गाडीमा आइतबार साँझ साढे ६ बजे मिलनचोक नजिक ढुंगा प्रहार भएको हो । मुख्यमन्त्रीका अगाडि र पछाडि स्कर्टिङका ३ वटा गाडी थिए । 

मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार

गाडीमा ढुंगा प्रहार भएपछि मुख्यमन्त्रीसहितका गाडीहरु फर्काएर प्रहरी तालिम केन्द्र रामनगर लगिएको छ । ढुंगा हानेको आरोपमा प्रहरीले मुक्तिराम पौडेल, छाया पोखरेल, मुक्ति पौडेल, कमला अधिकारी र विष्णु पोखरेललाई पक्राउ गरेको छ । गाडी तोडफोड भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

ढुंगा प्रहारबाट गाडीको सिसा फुटेको तर मुख्यमन्त्रीलाई केही नभएको नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

प्रकाशित : आश्विन १८, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पछिल्लो समय ठुल्ठूला सवारी दुर्घटना बढेका छन् । यसको मुख्य कारण के होला ?

x
×