कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खराब मौसमले हेलिकप्टर जान नसकेपछि गृहमन्त्री ढोरपाटन नपुगी पोखरा फर्किए

दीपक परियार

पोखरा — सेनाको हेलिकप्टरमा बाढीपहिरोपीडितलाई राहत सामग्री लिएर बागलुङको ढोरपाटन जाँदै गरेका गृहमन्त्री रामबहादुर थापा मौसम खराब भएपछि पोखरा फर्किएका छन् ।

खराब मौसमले हेलिकप्टर जान नसकेपछि गृहमन्त्री ढोरपाटन नपुगी पोखरा फर्किए

ढोरपाटन नगरपालिका–९ का देउराली, सुपुरदुङलगायत स्थानमा बुधबार राति आएको बाढीपहिरोमा परी ११ जनाको मृत्यु भएको छ । २५ जना सम्पर्कविहीन छन् । बाढीपहिरो पीडितलाई भेट्न गृहमन्त्री थापा बिहीबार काठमाडौंबाट ढोरपाटनका लागि सेनाको हेलिकप्टरमा उडेका थिए ।

मौसम प्रतिकुल भएपछि उनी सवार हेलिकप्टर बाढीपहिरो आएको स्थलमा पुग्न नसकी पोखरा फर्किएको विमानस्थलमा खटिएका प्रहरी निरीक्षक रामभक्त भट्टराईले बताए । गृहमन्त्रीको टोली मौसम खुल्ने प्रतीक्षामा विमानस्थलमै रहेको उनले जनाए । टोलीमा सांसद देवेन्द्र पौडेलसमेत छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान पनि अर्को हेलिकप्टरमा बिहीबार नै ढोरपाटन जाने तयारीमा छन् ।

प्रकाशित : भाद्र १८, २०७७ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?