कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकाले अर्को वर्ष बिमस्टेकको शिखर सम्मेलन गर्ने

काठमाडौँ — श्रीलंकाले सन् २०२१ मा बिमस्टेकको पाँचौं शिखर सम्मेलन गर्ने तयारी गरेको छ ।

सोहि तयारी अनुसार अर्को वर्षको सुरुआतमा बिमस्टेक मुलुकका परराष्ट्र मन्त्री स्तरीय बैठक हुने भएको छ । नेपालले सन् २०१८ मा काठमाडौंमा विमस्टेकको चौथो शिखर सम्मेलन गरेको थियो ।

श्रीलंकाले आयोजना गरेको २१ औं बिमस्टेक सिनियर अफिसियल्स मिटिङमा नेपालकोतर्फबाट परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधि मण्डलले बुधबार सहभागिता जनाएको थियो । भर्चुअल बैठकमा श्रीलंकाले अर्को वर्ष बिमस्टेकको शिखर सम्मेलन गर्ने र त्यसका लागि सोहि वर्षको सुरुआतमा परराष्ट्र मन्त्री स्तरीय बठक गर्ने सहमति भएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।

यसअघि सोमबार सहसचिव स्तरीय चौथो बिमस्टेक पर्मानेन्ट वर्किङ कमिटीको बैठक भर्चुअल माध्यममार्फत सम्पन्न भएको थियो । कमिटीको बैठकमा प्रशासनिक र आर्थिक विषयका बारेमा कुरा भएको थियो ।

विमस्टेकको बंगलादेश, भुटान, भारत, नेपाल, म्यानमार, थाइल्यान्ड र श्रीलंका छन् ।

प्रकाशित : भाद्र १७, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?