१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिमस्टेक बैठकका लागि एजेन्डा तय

काठमाडौँ — सहसचिव स्तरीय चौथो बिमस्टेक पर्मानेन्ट वर्किङ कमिटीको बैठक भर्चुअल माध्यममार्फत सोमबार सकिएको छ ।

कमिटीको बैठकमा प्रशासनिक र आर्थिक विषयका बारेमा कुरा भएको थियो । साथै, सोही अवसरमा विमस्टेकका अर्को महासचिव चयनको बारेमा पनि छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त बैठकका विषयहरुलाई भदौ १७ गते हुने परराष्ट्र सचिव स्तरीय २१ औं बिमस्टेक सिनियर अफिसियल बैठकमा छलफल हुनेछ ।

मन्त्रिपरिषद्ले यस अघि नै श्रीलंकामा आयोजना हुने २१ औं बिमस्टेक सिनियर अफिसियल्स मिटिङमा नेपालको तर्फबाट सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने निर्णय पनि गरेको छ ।

परराष्ट्र सचिव शंकरदास बैरागीको नेतृत्वमा हुने उक्त प्रतिनिधि मण्डलले भर्चुअल माध्यमबाट बैठकमा सहभागिता जनाउने छ । बिमस्टेकमा बंगलादेश, भुटान, भारत, नेपाल, म्यानमार, थाइल्यान्ड र श्रीलंका छन् ।

प्रकाशित : भाद्र १५, २०७७ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?