इन्द्रजात्रामा पनि सुनसान बसन्तपुर [तस्बिरहरू]- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्द्रजात्रामा पनि सुनसान बसन्तपुर [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — काठमडाैंमा यतिबेला निषेधाज्ञा हुँदैनथ्याे भने बसन्तपुरमा आजकाे दिन मानिसहरूकाे थामिनसक्नुकाे भीड हुन्थ्याे । जात्रालु र पर्यटकहरूकाे मन इन्द्रजात्राले झिलमिलाएको बसन्तपुरमा रमेकाे हुन्थ्याे । तर यसपालि त्यस्ताे हुन पाएन । कोराेना भाइरस संक्रमणकाे जाेखिम राेकथामका लागि काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी छ । यही निषाेधाज्ञाकैबीच आज परेकाे उपत्यकाकै प्रमुख जात्रा इन्द्रजात्राकाे दिन बसन्तपुर, हनुमान ढाेका क्षेत्र सुनसान रह्याे ।

कोरोना महामारीका कारण यस वर्ष इन्द्र जात्राकोपूजा छोट्याइएको थियाे । इन्द्रजात्राको पहिलो दिन आइतबार बसन्तपुरस्थित कुमारी घरमा सामान्य पूजा गरिएको थियो । अरु बेला इन्द्रजात्रामा भीड हुने बसन्तपुरमा यस वर्ष कोभिड-१९ को महामारी कारण पातलो उपस्थिति थियो भने पूजा पनि एकदमै छोट्याइएको थियो ।


प्रकाशित : भाद्र १६, २०७७ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्

माइतीघरमा प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शुक्रबार केही युवा माइतीघरमा प्रदर्शनमा सहभागी भएका छन् । पछिल्लो समय नेकपामा जारी विवादका कारण केही नेताहरुले ओलीको राजीनामा समेत मागेकाले ओली समर्थकहरुले केही दिनदेखि ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् ।

सरकार आफैले २५ जनाभन्दा बढी एक ठाउामा भेला नहुन र कुनै सभा सम्मेलन समेत आयोजना नगर्न भनेपनि ओलीकै पक्षमा कार्यकर्ताहरु सडकमा उत्रिएका हुन्। ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी कमिटिका सदस्यहरुले राजीनामा माग गरिरहेका बेला प्रदर्शन भएको हो ।

झरी परिरहेपनि प्रदर्शनमा सहभागी युवाहरुले ओलीको पक्षमा लेखिएका ब्यानर, प्लेकार्ड बोक्दै नाराबाजी गरेका थिए ।


प्रकाशित : असार २६, २०७७ १७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×