कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा एकैदिन ७३ जनामा कोरोना संक्रमण

नेपालगन्ज — बाँकेमा एकैदिन ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । बुधबार मात्रै कोहलपुरमा ५१ जना र नेपालगन्जमा २२ जनामा कोरोना पुष्टि भएको छ ।

बाँकेमा एकैदिन ७३ जनामा कोरोना संक्रमण

मध्यपश्चिम तालिम शिक्षालय कौशिल्या ब्यारेकका तालिमरत ५१ सेनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

मंगलबार ब्यारेकमा सय जनाको स्वाब लिइएकोमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।कोहलपुरमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेका हुन् ।

योसँगै बाँकेमा ९१६ जना कोरोना संक्रमित देखिएका छन् । बाँकेमा बुधबारसम्म ६६० जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन् । बाँकेमा पाँच जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित : भाद्र १०, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?