१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

ठाकुरसिंह थारू

ठाकुरसिंह थारूका लेखहरु :

पहिचानको पर्खाइ

जातीय पहिचानबारे एउटा सान्दर्भिक प्रसंग छ । एक जना प्रजाले बादशाह अकबरलाई चुनौती दिए, ‘सरकार मेरो पहिचान खुलाइदिनुपर्‍यो ।’ बादशाहले उनको पहिचान खुलाउन मन्त्रीहरूलाई निर्देशन दिए । मन्त्रीहरूले ती प्रजाको पहिचानबारे खोतल्न अनेक भाषामा प्रश्न गरे । ती प्रजा भारतमा बोलिने सबै भाषा बोल्न सक्थे ।

नरैनापुरमा खाद्यान्न अभाव

बाँकेको नरैनापुरमा खाद्यान्न अभाव भएको छ । घरमा मौज्दात खाद्यान्न सकिएको भन्दै स्थानीय बासिन्दा पालिका कार्यालय धाउन थालेका छन् । नरैनापुरमा यस वर्ष कुल खेतीयोग्य जमिनको १५ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

सडक अतिक्रमण हटाउन अड्चन

नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा सरकारी जग्गा र सडक क्षेत्रमा अतिक्रमण गरी ठूल्ठूला संरचना निर्माण गरिएको छ । अतिक्रमण गरिएका स्थानमा ठूला संरचना निर्माण भइसकेकाले हटाउन अप्ठ्यारो भएको पालिकाले जनाएका छन् ।

‘दिनहुँ फेरिन्छन् मालिक’

कमैया परिवारका लागि वर्ष दिनभरि एउटै मालिक हुन्थे । मुक्तिपछि भने दैनिक मालिक खोज्नुपर्ने बाध्यता छ । सरकारले २०५७ साउन २ मा कमैया मुक्ति घोषणा गरे पनि पुनःस्थापनामा ध्यान नदिँदा उनीहरूको दैनिकी नीरस छ ।

रोपाइँकै बेला नहर सुक्खा

बबई सिँचाइ आयोजनाको सहायक नहर किसानको खेतखेतमा पुगेको छ । तर, रोपाइँ गर्ने समयमा नहरमा पानी नबग्दा किसान आक्रोशित बनेका छन् । किसानहरू ट्युबवेल, खल्डाखुल्डीको पानीले जेनतेन रोपाइँ गर्ने प्रयास गरिरहेका छन् । खेत काटेर नहर बनाउन दिए पनि रोपाइँ गर्ने बेला सिँचाइ गर्न नपाएपछि किसान आक्रोशित बनेका हुन् ।

नेपाली रैथाने बीउमा भारतीय आकर्षण

सीमावर्ती क्षेत्रका नेपाली किसान महँगो मूल्यमा उपलब्ध हुने भारतीय विकासे (हाइब्रिड) धानको बीउप्रति आकर्षण भएका बेला सीमापारिका किसानको रोजाइमा भने यहाँका रैथाने धान पर्ने गरेको पाइएको छ । नेपाली बीउ सस्तोमा पाइने र बाली वैज्ञानिकले प्रमाणित गरेकाले भारतीयको रोजाइमा परेको विज्ञहरू बताउँछन् ।

सहरमा छैनन् सार्वजनिक धारा

एक दशकअघिसम्म नेपालगन्ज उपमहानगरका विभिन्न स्थानमा पिउने पानीका सार्वजनिक धारा थिए । बटुवा, मजदुर र सर्वसाधारण प्यास लागेका बेला तिर्खा मेटाउँथे । सडक चौडा गर्ने क्रममा सार्वजनिक धारा भत्काइएपछि नेपालगन्जमा मजदुर र बटुवालाई प्यास मेटाउन सकस हुने गरेको छ । अहिले चर्को गर्मीमा रिक्सा चालकलगायत मजदुरलाई पिउने पानीको अभाव हुँदा कष्ट झेल्नु परेको छ ।

जन्मदिनमा बोलाएर सामूहिक बलात्कार

उनीहरूबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भयो । मित्रता झाँगिँदै गएपछि दैनिकजसो ‘भिडियो च्याट’ हुन्थ्यो । बाँकेको राप्ती सोनारीकी १६ वर्षीया किशोरी र बैजनाथ गाउँपालिका–८, झिँगौराका हेमराज थारूबीच सामाजिक सञ्जालबाट ‘प्रेम’ गाँसिएको थियो । त्यही प्रेमको बदलामा किशोरीले ठूलो पीडा भोग्नुपरेको छ । 

गठबन्धनमा जुटेन सहमति

लुम्बिनी प्रदेशका केही जिल्लामा गठबन्धनमा आबद्ध दलले एक्लाएक्लै चुनावमा भिड्ने तयारी थालेका छन् । पटक–पटक छलफलमा बसे पनि सत्ता गठबन्धनमा आबद्ध दलबीच सहमति जुट्न नसकेपछि उनीहरू एक्लाएक्लै स्थानीय तह निर्वाचनमा जाने तयारीमा लागेका हुन् । खास गरी सहमति जुट्न नसकेका जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा क्रियाशील छन् ।

उम्मेदवार दाबी गर्ने धेरै

स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा राजनीतिक दलका नेताहरूबीच उम्मेदवार बन्ने प्रतिस्पर्धा चलेको छ । वडा सदस्यदेखि पालिका प्रमुखहरूमा सर्वसम्मत उम्मेदवार बनाउन दलहरूलाई हम्मेहम्मे परेको छ । एउटा वडाध्यक्षका लागि दर्जन बढीले दाबी गरिरहेका छन् । कतिपय दलका नेताहरूले स्वस्फूर्त रूपमा सामाजिक सन्जालमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।