कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोंगबु घटना : हत्यामा प्रयोग गरिएको खुकुरी र मृतकको कपडा भेटियो

आरोपित महिलालाई घटनास्थल पुर्‍याएर अनुसन्धान जारी
मातृका दाहाल

काठमाडौँ — गोंगबुमा विभत्स हत्या गरेको अभियोगमा चितवनबाट पक्राउ परेकी एक महिलालाई मंगलबार बिहान काठमाडौं ल्याइएको छ । रोल्पा स्थायी घर भई दाङ बसाइँसराइँ गरेर हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फरार भएको आरोपमा ती महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरी राति नै काठमाडौं ल्याएको हो ।

हत्या आरोपित महिलालाई थप प्रमाण संकलनका लागि अहिले घटनास्थलमा लगिएको छ । घटनास्थल नजिकैको एक घरमा भाडामा बस्दै आएकी उनले राति बोलाएर बोहराको खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेकी छन् । महिलाले हत्यामा प्रयोग गरेको खुकुरी पनि बरामद गरेको छ । महिलाको कोठाबाटै प्रहरीले मृतक बोहराले लगाउने कपडासमेत फेला पारेको स्रोतले बतायो ।

‘अहिले घटनास्थलमा महिलालाई लगेर थप प्रमाण संकलन गर्ने काम भइरहेको छ,’ प्रहरी स्रोतले कान्तिपुरसँग भन्यो, ‘हत्या एक्लै गरेको हुन नसक्ने हाम्रो बुझाइ छ, अनुसन्धानले पनि त्यस्तै देखाउँछ तर अरु व्यक्ति पक्राउ परीनसकेकोले अहिले नै यसै भन्न सकिने अवस्था छैन ।'

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २७, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?