गोंगबुमा सुटकेसभित्र भेटियो टाउको काटिएको शव

कान्तिपुर संवाददाता

काठमाडौँ — टाउको काटिएको अवस्थामा गोंगबुमा एउटा सुटेकसभित्र शव भेटिएको छ । 'गोंगबु गणेस्थाननेर एउटा कालो सुटकेसमा टाउको काटिएको शव भेटिएको हो । टाउको केही पर झोलामा भेटिएको छ,' काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले भने । 

उनका अनुसार बिहान पौने सात बजे स्थानीयले प्रहरीलाई यसको जानकारी दिएका थिए । शव अन्दाजी ४०-४५ वर्षका पुरुषको भए पनि सनाखत भने भइनसकेको उनले बताए । घटनामा कसैलाई पनि पक्राउ नगरिएको र अनुसन्धान भइरहेको उनले बताए । परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली लगायत प्रहरी अधिकारीहरु घटनास्थल पुगेका छन् । फरेन्सिक डाक्टरको टोली पनि घटनास्थल पुगेको थियो । शव भेटिएपछि तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको प्रहरीले बताएको छ । शवको पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

प्रकाशित : श्रावण २५, २०७७ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?