कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्युरोड–टेकु क्षेत्र सिल गरिने

मातृका दाहाल

काठमाडौँ — कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने तयारी भएको छ । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले मुख्य यी व्यापारिक केन्द्रहरु सिल गर्ने भएको हो ।

न्युरोड–टेकु क्षेत्र सिल गरिने

प्रहरी स्रोतले दिएको जानकारीअनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी असनलगायतका क्षेत्र सिल गर्न लागिएको हो । केहीबेर अघिको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमण देखिएका स्थान र बस्ती वरपर सिल गर्ने गरी तयारी भएको बताए । 'स्वास्थ्य मन्त्रालयबाट औपचारिक जानकारी आएपछि घोषणा गर्ने छाैं,' उनले भने ।

प्रकाशित : श्रावण २३, २०७७ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?