१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उपत्यकाका तीनवटै जिल्ला प्रशासनले १५ दिन अत्यावश्यक सेवामात्र दिने

अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने
मातृका दाहाल

काठमाडौँ — उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना स‌ंक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ । 'शान्ति सुरक्षा अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको छ,' काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने । 

उपत्यकाका तीनवटै जिल्ला प्रशासनले १५ दिन अत्यावश्यक सेवामात्र दिने

बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको छ । 'अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक कार्यालयहरु तथा भिडभाड हुने कार्यालयहरुमा पनि यस्तै मापदण्ड लागू गर्नुपर्छ भन्ने छलफल भयो । यसका लागि कार्यालय प्रमुखले नै निर्णय गर्ने तय गरिएको छ,' दाहालले भने ।

बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २३, २०७७ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?