कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेपाङ समुदायमाथिका घटना निष्पक्ष छानबिन गर : मानवअधिकार आयोग

काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगले चितवनमा चेपाङ समुदायका परिवार र व्यक्तिमाथि भएका दुई फरक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै आगजनी गरी घर भत्काई विस्थापित तुल्याइएका व्यक्तिहरूको उचित बासको व्यवस्था गर्न तथा मृतक राजकुमार चेपाङको परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको हो । 

चेपाङ समुदायमाथिका घटना निष्पक्ष छानबिन गर : मानवअधिकार आयोग

‘यस प्रकृतिका कार्यबाट व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित हुन पुगेको तथा सामाजिक न्याय, आवासको हकलगायतका अधिकारहरूको समेत उल्लंघन हुन गएको देखिन्छ,’ आयोगले विज्ञप्तिमा भनेको छ । उक्त घटनाको सम्बन्धमा आयोगको वाग्मती प्रदेश कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको जनाइएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण ९, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?