कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय सेनाबाट छिट्टै रिटार्यड हुने तयारीमा थिए सम्बर !

हरिराम उप्रेती

काठमाडौँ — प्रमोसन भएपछि खुसी थिए उनी । भारतीय सेनामा कार्यरत गोरखाका सम्बर गुरुङ छुट्टी मिलाएर गाउँ आइरहन्थे । परिवार र छिमेकीसँग रमाउँथे । तर तिनै छिमेकी र आफन्तले शुक्रबार बिहानै दु:खद खबर सुन्नुपर्‍यो । भारतीय सीमा रक्षाका क्रममा ३६ वर्षीय गुरुङको शुक्रबार बिहान निधन भएको खबर सुनेसँगै परिवार र छिमेकी विक्षिप्त छन् । 

भारतीय सेनाबाट छिट्टै रिटार्यड हुने तयारीमा थिए सम्बर !

आरुघाट गाउँपालिका–१, मान्वुस्थित माझगाउँका सम्बरले गत कात्तिकमा घर आएका बेला हवल्दार भइसकेकाले अब केही वर्षमा रिटायर्ड ‘लाइफ’ बिताउने कुरा आफन्त र छिमेकीलाई सुनाएका थिए । ‘बिहानै दु:खद खबर सुन्नुपर्‍यो,’ उनका दाजु जितबहादुर गुरुङले टेलिफोन कुराकानीमा कान्तिपुरसँग भने, ‘सिपाहीबाट हवल्दार भइसकेको थियो, जागिरको अवधि पनि धेरै वर्ष थिएन, यस्तो खबर सुन्नुपर्‍यो । १८–१९ वर्ष त भइसक्यो । अब धेरै वर्ष जागिरको अवधि थिएन ।’

सम्बरका दुई छोरी र श्रीमती काठमाडौंमा रहेको जितबहादुरले जानकारी दिए । परिवारका सदस्य र छिमेकी अहिले मृतकको अन्तिम संस्कारका लागि भारतीय सीमा क्षेत्र जाने तयारीमा छन् । ‘अन्तिम संस्कार कहाँ र कसरी गर्ने भन्ने त अलमलमै छौँ, काठमाडौमा बुहारी छिन्, भेट भएपछि यसबारे सल्लाह गर्छौं, तर भारतीय सीमा क्षेत्र त पुग्नै पर्‍यो, कोरोनाले गाडी चलेको छैन, पास बनाएर सीमा क्षेत्र जान लागेका छौँ ।’

जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल(एलओसी) क्षेत्र नजिक शुक्रबार सवेरै पाकिस्तात तर्फबाट भएको गोलीबारीमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नौसेरा क्षेत्रमा खटिएका सम्बरको मृत्यु भएको हो ।

सम्बन्धित समाचार

प्रकाशित : असार २६, २०७७ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?