यूएईबाट आएर खरिपाटी क्वारेन्टाइनमा रहेकी एक महिलामा कोरोना- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यूएईबाट आएर खरिपाटी क्वारेन्टाइनमा रहेकी एक महिलामा कोरोना

लिला श्रेष्ठ

(भक्तपुर) — युनाइटेड अरब इमिरेट्स (यूएई)बाट नेपाल आएकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यूएईबाट जेठ २३ मा एयर अरेबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट नेपाल आएकी सिन्धुली दुधौली–९ की ३० वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो ।

उनी चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा बसेकी थिइन् । कोरोना भाइरस संक्रमण पुष्टी भएपछि ती महिलालाई मङ्गलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानले बताए । उनको अवस्था सामान्य छ ।

सोही विमानमा आएकी २६ वर्षीया महिलामा जेठ ३० मा कोरोना संक्रमण पुष्टि भएपछि उनकै कन्ट्याक ट्रेसिङमा परेकाको ‘स्वाब’ को नमूना संकलन गरेको थियो । ती महिलालाई पहिलो दिन खरीपाटी क्वारेन्टिनमा राखिएको थियो । दोस्रो दिन जेठ २४ मा मुलपानीको क्वारेन्टिनमा सारिएको जनाएको छ । त्यहीँबाट पीसीआर विधिबाट परीक्षण गर्न नमुना संकलन गरिएको र रिपोर्ट पोजेटिभ आएको हो । ती महिलालाई जेठ ३० मा पाटन अस्पतालमा भर्ना गरेको छ ।

यूएईबाट आएका मध्ये १२ जनालाई खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । जसमध्ये ती महिलामा मात्र कोरोना भाइरस संक्रमण पुष्टी भएको एसपी प्रधानले बताए । अन्य ११ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको भएपनि अन्तराष्ट्रिय मापदण्ड बमोजिम १४ दिन क्वारेन्टाइनमा राख्ने जनाएको छ ।

त्यसैगरी, जेठ ३० (शुक्रबार) कतारबाट आएका १०३ र जापानबाट आएका ४ सहित १०७ जनालाई खरिपाटी क्वारेन्टाइनमा राखेको छ । कुवेतबाट ९ जना बालबालिका सहित १ सय ५० जना नेपाली महिला कामदार आएका मध्ये १ जनामा कोरोना भाइरस पुष्टी भएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखेको हो । जसमध्ये, प्रदेश नम्बर १ को ३७, २ को ३, गण्डकी प्रदेशको ३२, प्रदेश नम्बर ५ का २६ र कर्णाली प्रदेशको ५ जना खरिपाटी क्वारेन्टाइनमा राखेको छ ।

खरिपाटी क्वारेन्टाइनमा ९ बालबालिका समेत छन् । वागमती प्रदेशका ४५ जनालाई भने ललितपुर जावलाखेलस्थित स्टाफ कलेज क्वारेन्टाइनमा राखेको छ ।

प्रकाशित : असार २, २०७७ १९:११
प्रतिक्रिया
पठाउनुहोस्

राज्यमन्त्रीका सल्लाहकार किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा पक्राउ 

लिला श्रेष्ठ

काठमाडौं — शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ५२ वर्षीय घले १७ वर्षीया किशोरीलाई लिफ्ट दिने नाममा ४ दिन बन्धक बनाएर बलात्कार गरेको आरोपमा १४ दिन अघि पक्राउ परेका हुन् ।

घलेले किशोरीलाई माघ २७ देखि फागुन १ गतेसम्म टोखास्थित एक घरको फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

उनलाई अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

प्रहरीका अनुसार सिन्धुलीकी ती किशोरी घरबाट काठमाडौं आउने क्रममा काभ्रेको बनेपामा बस पर्खिरहेकी थिइन् । काठमाडौंबाट बनेपा पुगेका घलेले सडक किनारमा बस कुरिरहेकी किशोरीलाई मोटरसाइकलमा लिफ्ट दिए ।

किशोरीलाई गन्तव्यमा पुग्न नदिई घलेले ४ दिनसम्म बन्धक बनाएको खुलेको छ । टोखास्थित एक घरमा फ्ल्याट भाडामा लिएर एक्लै बस्दै आएका घलेका परिवार अमेरिकामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार घलेले १२ कक्षामा अध्ययनरत ती किशोरीलाई अमेरिका पठाइदिने प्रलोभनमा पारेर पटक–पटक बलात्कार गरेको खुलेको छ ।

किशोरीले फागुन १ गते आफन्तलाई घटनाबारे खबर गरेको र सूचनाको आधारमा प्रहरीले घलेलाई नियन्त्रणमा लिएको जनाएको छ । ‘किशोरीले आफूलाई घलेले फ्ल्याट कोठामा बन्धक बनाएर बलात्कार गरेको उजुरी दिइसकेकी छन्,’ बोगटीले भने,‘किशोरीको स्वास्थ्य जाँचसहितको प्रक्रिया पूरा गरिसकेका छौं ।’ घलेले फ्ल्याट भाडामा लिएर अनैतिक क्रियाकलाप गर्ने गरेको समेत खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १४, २०७६ १९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×