१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

यूएईबाट शिशुसहित १ सय ६८ जना नेपाली आइपुगे

होम कार्की, सुरज कुँवर

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)बाट एक शिशुसहित १ सय ६८ जना नेपाली कामदार शुक्रबार आइपुगेका छन् । जसमा १ सय ५५ जना पुरुष र १३ जना महिला रहेका छन् ।

यूएईबाट शिशुसहित १ सय ६८ जना नेपाली आइपुगे

उनीहरु एयर अरेबियाको उडान नम्बर जी ९:१७५१ नम्बरको उडान मार्फत त्रिभुवन विमानस्थलमा साँझ ५:३६ मा आइपुगेका हुन् । जहाजमा ३३ वर्षीय एक नेपालीको शव पनि छ । उनीहरुलाई नेपाली सेनाले तोकिएको होल्डिङमा लैजाने तयारी गरेको छ ।

जहाजमा नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरेको यात्रु छैन । विमान दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली सुरक्षा गार्डहरु रहेका छन् । ट्रान्सगार्ड कम्पनीका ७९ जना र इजादा कम्पनीका ६७ जना छन् । उनीहरु सुरक्षागार्ड हुन् । बाँकी अन्य कम्पनीमा कार्यरत थिए ।

त्यसमा अधिकांस चैत ११ गते उडान गर्न सारजाहा र दुबई विमानस्थलबाट फर्केका कामदार हुन् । सुरक्षा गार्डको रुपमा कार्यरत अर्जुन चौहानले करारपत्र रद्द भएपछि कम्पनीले नै नेपाल ल्याउने प्रबन्ध मिलाएको बताए । ट्रान्सगार्ड कम्पनीले यूएईमा लकडाउन भएपछि २४ सय नेपालीलाई रोजगारबाट निष्कासन गरेको थियो ।

जहाजमा सरकारले प्राथमिकतामा राखेको नेपाली यात्रु परेको छैन । नेपाली दूतावासले छनोट गरेको कामदार नपरेपछि उडानलाई अनुमति दिने कि नदिने भन्‍ने बिहानदेखि नै विवाद परेको थियो । जसले गर्दा विमान तोकिएको समयमा उडान गर्न पाएको थिएन ।

विमानभित्र प्रवेश गरिसकेको यात्रुलाई बाहिर निकालिएको थियो । फेरी नेपाल सरकारको एउटा फाराममा हस्ताक्षर गर्न लगाइपछि निर्धारित समयभन्दा ४० मिनेट ढिलो गरी सारजाहा विमानस्थलबाट विमान उडाइएको हो ।

प्रकाशित : जेष्ठ २३, २०७७ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?