कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरीभित्र 'दलित सेल' खोल्न संसदीय समितिको निर्देशन 

जयसिंह महरा

काठमाडौँ — संसदीय समितिले नेपाल प्रहरीमा दलित सेल खोल्न निर्देशन दिएको छ । 

कानुन न्याय तथा मानवअधिकार समितिको मंगलबार बसेको बैठकले नेपाल प्रहरीभित्र दलित सेल खोल्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।

प्रहरीभित्र 'दलित सेल' खोल्न संसदीय समितिको निर्देशन 

दलित समुदायमाथि हुने विभेद तथा घटनाको छानबिन गर्न उक्त सेल खोल्न निर्देशन दिएको समिति सभापति कृष्णभक्त पोखरेलले बताए ।

त्यसैगरी समितिले रुकुम घटनामा बेपत्ता भएकाको खोजी तीव्र पार्न र घाइतेको नि:शुल्क उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।

जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी युवतीसँग जाजरकोटका नवराज विकले विवाह गर्नका लागि जाँदा केटी पक्षकाले युवाहरूलाई मारेर भेरी नदीमा फालेका थिए । तीमध्ये ५ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । साथै घटनाका दोषीलाई निष्पक्ष तरिकाले कानुनी कारबाही अगाडि बढाउन समितिले भनेको छ ।

समितिमा उपस्थति गृहमन्त्री रामबहादुर थापाले रुकुम घटनाको छानबिन प्रक्रिया अगाडि बढेको बताए । उनले छानबिन समितिले अनुसन्धान गरिरहेका छन् जानकारी दिएका हुन् । उनले भने, 'प्रहरी घटना स्थलमा ढिला पुगेको हो । कमजोरी पाइए विभागीय कारबाही हुने छ ।' उक्त घटनाको स्थानीय, प्रदेश र केन्द्रबाट भइरहेको छानबिन अन्तिम चरण पुगेको गृहमन्त्री थापाले बताए ।

सम्बन्धित समाचार

प्रकाशित : जेष्ठ २०, २०७७ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?