कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँके दुर्घटनाका मृतक र घाइते सबैको कोरोना रिपोर्ट नेगेटिभ 

२१ जनाको उपचार हुँदै 
रुपा गहतराज

नेपालगन्ज — भारतबाट फर्किएका नेपालीलाई दाङतर्फ लैजाने क्रममा बाँकेमा आइतबार भएको सडक दुर्घटनमा परी मृत्यु भएका र घाइते भएका ३३ जनाको कोरोना रिपोर्ट नगेटिभ आएको छ ।

बाँके दुर्घटनाका मृतक र घाइते सबैको कोरोना रिपोर्ट नेगेटिभ 

उनीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा सबै ३३ जनाकै रिपोर्ट नगेटिभ आएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए ।

नेपालगन्जको जमुनाहा नाकाबाट दाङ्गतर्फ हिँडेको यात्रुबाहक फोर्स भ्यान बाँकेको अगैयानजिकै बिग्रेर रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । उनीहरू भारतका विभिन्न ठाउँबाट आएकाले सोमबार भेरी अस्पतालमा सबैको स्वाब सङ्कलन गरेर कोरोना परीक्षण गरिएको थियो ।

डाक्टर थापाका अनुसार कोरोनाको आशंकामा अस्पतालको इमरजेन्सी वार्डलाई नै आइसोलेसनमा परिणत गरेर उनीहरूको स्वाब संकलन गरिएको थियो ।

सबैको रिपोर्ट नगेटिभ आएपछि स्वास्थ्यकर्मी र दुर्घटनास्थलबाट घाइतेलाई लिएर आउने सुरक्षाकर्मीहरूले उपचारमा सग्लग्‍न चिकित्सकलाई काम गर्न राहत महसुस गरेको उनले सुनाए । ‘अहिले सबैको अवस्था सामान्य भएको छैन्,’उनले भने,‘कसैलाइ डिस्जार्च गरेका छैनौं ।’

घाइतेहरूलाई अस्पतालमा ल्याइए लगत्तै इमरजेन्सी वार्ड सिल गरेर घाइतेहरुको उपचार सुरु गरिएको थियो । कोरोना रिपोर्ट नगेटिभ आएपछि घाइतेहरुको उपचारमा र मृतकहरूको शव आफन्तलाई बुझाउन सहज भएको भेरी अस्पतालका प्रमुख डा. थापाले बताए ।

घाइते २१ जनाको भेरी अस्पतालमा उपचार भइरहेको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्ः

कोरोनाको डर थियो, दुर्घटनाले ज्यान लियो

प्रकाशित : जेष्ठ २०, २०७७ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?