कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंहदरबार गेट अगाडि प्रहरी र चिनियाँ नागरिकबीच झडप, डिएसपीसहित ६ जना घाइते

काठमाडौँ — घर फर्कन माग गर्दै सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । झडपमा डिएसपीसहित ६ जना घाइते भएका छन् ।

सिंहदरबार गेट अगाडि प्रहरी र चिनियाँ नागरिकबीच झडप, डिएसपीसहित ६ जना घाइते

शुक्रबार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि झडप भएको हो । प्रहरीको लाठीचार्जबाट दुई चिनियाँ घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरु अस्पताल जानसमेत नमानिरहेको प्रहरीले जनाएको छ ।

यस्तै चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरिबहादुर बस्‍नेतसहित ४ प्रहरी घाइते भएका छन् ।

अहिले चिनियाँ नागरिकहरु फुटपाथमा बसेर धर्ना दिइरहेका छन् । प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन खोजे पनि हट्न मानिरहेका छैनन् ।

२० जनाभन्दा बढी रहेका उनीहरु 'वी वान्ट टू गो ब्याक होम' लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडि धर्ना बसिरहेका छन् ।

प्रकाशित : वैशाख २६, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?