कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२०१२ सालपछि पहिलोपटक काठमाडौं प्रहरीको थुनुवा कक्ष खाली (तस्बिरहरू)

काठमाडौँ — नेपाल प्रहरीको इतिहासमै पहिलो पटक काठमाडौं प्रहरीको थुनुवा कक्ष खाली भएको छ । हरेक दिनजसो महानगरीय प्रहरी परिसर काठमाडौको हिरासत कक्षमा विभिन्न अपराध आरोपमा १ सय ५० भन्दा बढी थुनुवा बस्ने गरेका थिए । तर वैशाख १५ गतेबाट काठमाडौं प्रहरीको हिरासत कक्ष खाली छ ।

२०१२ सालपछि पहिलोपटक काठमाडौं प्रहरीको थुनुवा कक्ष खाली (तस्बिरहरू)
२०१२ सालपछि पहिलोपटक काठमाडौं प्रहरीको थुनुवा कक्ष खाली (तस्बिरहरू)

केही थुनुवालाई महानगरीय प्रहरी वृत्त सोह्खुट्टे स्थानान्तरण गरिएपछि परिसरमा थुनुवाको संख्या शून्य भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले ६५ वर्षको इतिहासमा पहिलो पटक थुनुवा कक्ष खाली भएको बताए ।

२०१२ सालपछि पहिलोपटक काठमाडौं प्रहरीको थुनुवा कक्ष खाली (तस्बिरहरू)

‘नेपाल प्रहरी विसं २००७ सालमा स्थापना भएपनि ऐन २०१२ सालमा आएको हो, सोही वर्षलाई औपचारिक स्थापना भएको मान्दै आएका छौं,’ एसएसपी ज्ञवालीले भने, ‘त्यसपछि काठमाडौंको हिरासतकक्ष खाली भएको थिएन, लकडाउनको असर, अहिले कुनैपनि थुनुवा छैनन् ।’ वैशाख १५ बाट हिरासत कक्ष खाली भएपछि सरसफाई र रंगरोगन भइरहेको उनले बताए । चैत ११ गतेबाट लकडाउन घोषणा भएपछि परिसरमा नयाँ मुद्दा दर्ता भएका छैनन् । काठमाडौं प्रहरी कार्यालय हनुमानढोकामा हुँदा ४ सय ५०को हाराहारीमा थुनुवा हुन्थे ।

२०१२ सालपछि पहिलोपटक काठमाडौं प्रहरीको थुनुवा कक्ष खाली (तस्बिरहरू)

२०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि हनुमानढोकाबाट परिसर कार्यालय टेकुमा सरेको थियो । त्यसपछि घटना जहाँको हो, त्यहाँबाट पनि मुदा दर्ता गर्ने व्यवस्था ल्याइएपछि टेकुमा थुनुवाको चाप घटेको थियो । तर दैनिक सरदर १ सय ५० को हाराहारीमा थुनुवा बस्दै आएका थिए । लकडाउनपछि कतिपयको मुद्दा दर्ता भएको र कतिलाई हाजिरीजमानीमा छोडिएको थियो ।

२०१२ सालपछि पहिलोपटक काठमाडौं प्रहरीको थुनुवा कक्ष खाली (तस्बिरहरू)

२०१२ सालपछि पहिलोपटक काठमाडौं प्रहरीको थुनुवा कक्ष खाली (तस्बिरहरू)

२०१२ सालपछि पहिलोपटक काठमाडौं प्रहरीको थुनुवा कक्ष खाली (तस्बिरहरू)

२०१२ सालपछि पहिलोपटक काठमाडौं प्रहरीको थुनुवा कक्ष खाली (तस्बिरहरू)

प्रकाशित : वैशाख २०, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?