कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजविराजमा सेना खटाइयो

मातृका दाहाल, अवधेशकुमार झा

काठमाडौँ — भारतबाट नेपाल प्रवेश गर्ने राजविराजलगायत आसपासका नाकामा नेपाल प्रहरीलाई हुलहुज्जत भएको भन्दै सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सप्तरीको राजविराजबाट नाकातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाइएको पुष्टि गरे। उनका अनुसार नाकाबाट नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै हुलहुज्जत हुन थालेपछि स्थानीय प्रशासनले सेना र सशस्त्र प्रहरीको टोलीलाई खटाएको हो।


आधा घन्टाअघि मात्रै सेनाको टोली त्यसतर्फ परिचालन गरिएको छ। अन्य जिल्लामा भने स्थिति सामान्य रहेको र प्रहरी नै अग्र भागमा खटिएको उनले बताए।


राजविराजस्थित भीम दल गणका गणपति गुप्तबहादुर कुँवरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या कम रहेकाले सहयोगका लागि सेना खटाइएको बताए। उनले भने, 'हामीलाई माथिल्लो निकायको आदेश अनुसारलकडाउनमा सहयोगका लागि खटाइएको हो।'


सप्तरीको राजविराज, रुपनी, कल्याणपुर र हनुमान नगरमा सेना खटाइको गणपति कुँवरले कान्तिपुरलाई बताए। प्रकाशित : चैत्र ११, २०७६ १७:४६

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सिन्धुलीमा लकडाउन : दुई दर्जन सवारीसाधन नियन्त्रणमा

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमा लकडाउनको अवज्ञा गर्दै राजमार्ग तथा सदरमुकाम आसपासका क्षेत्रमा चलाउने करिब दुई दर्जन सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकामा मोटरसाइकल, अटो टेम्पो, ट्रयाक्टरसहित २१ वटा रहेको प्रहरीले जनाएको छ । 

प्रहरी उपरीक्षक रन्जु सिग्देलका अनुसार कोरोना त्रास बुझ्न भनेर हेपेर निस्किएका लोकल सवारी साधनलाई नियन्त्रणमा लिइएको हो । ती सवारी साधन अब लकडाउन सकिएपछि मात्रै छाडिने उनले बताइन् ।

काठमाडौं र पूर्वबाट आइ सिन्धुलीमा अलपत्र परेका सवारी साधनलाई भने नाका कटाउने काम भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लामो दूरीका सवारी साधनका चालकलाई क्‍वारेन्टाइन राख्ने र खुवाउने समस्याले गर्दा छाड्ने गरेको एसपी सिग्देलले जनाइन् ।

प्रकाशित : चैत्र ११, २०७६ १७:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×